News

भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर भूकम्पको ध’क्का

भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको रातोपाटीलाई बताए ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए ।
बिहान ८ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

अन्य समाचार : आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैंकले आजका लागी तोकेको विदेशी मुद्राको विािय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ।

यसै गरी युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १ पैसा रहेको छ।

Related Articles

Back to top button
Close