Video

लकडाउनमा घरबेटीले कोठामा ताला लगाइदिए, ४ हजार भाडा दिन नसकेपछि घर बाहिरको गेटमै बसेर रुँदै महिला (भिडियो हेर्नुस्)

७ जेष्ठ, काठमाडौं । लामो समय देखि सरकारले गरेको लकडाउनका कारण अहिले काठमाडौं लगायत शहरमा कोठा भाडामा बसेकाहरुको बिचल्ली भएको छ । लामो समय देखि बसेको कोठाको भाडा तिर्न नसकेपछि एक महिलालाई घरभेटीले बाहिर निकाली दिएका छन् । कोठामा खानेकुरा पनि छैन, साना बालबालिका भोकै छन्, यस्तो अवस्थामा घरभेटीले घरवाट निकालिदिए, रुँदै मिडियामा आएकी महिलाले भनिन्, दुई महिनाको भाडा त ऋण खोजेर तिरेकी थिए । तर एक महिनाको भाडा तिर्न बाँकी थियो । तर घरभेटीले कोठामै ताला लगाइदिए । यि साना बालबालिका बोकेर म कहाँ जाउँ ? भैरहवाको लुम्बिनी गेट नजिक कोठा भाडामा बस्ने एक महिलाले महिनाको चार हजार तिर्ने गरेकी थिइन् । बत्ती र पानी र अन्य खर्च सहित गरेर ५ हजार ४ सय रुपैया तिर्न बाँकी छ । हामी कोठा सर्छौ भन्दा पनि जान दिँदैनन्, भाडा नदिइकिन सामान पनि लैजान दिन्नौं भन्छन् । अहिले म घरको बाहिर बसेकी छु । साना छोराछोरी भोक लाग्यो भन्दै रुन्छन् । वैशाख महिनाको भाडा तिर्न नसक्दा भाडा दिनेले कोठामा ताला लगाइदिएको उनले बताइन् ।

उनको श्रीमानसंग पनि सम्बन्ध राम्रो नभएको र ९ वर्ष देखि आफु छोरी लिएर एक्लै बसेको बताइन् । सानो पसल थियो त्यो पनि चलेन । ऋण गरेर पसल खोलेको थिए तर त्यो पनि बन्द छ । पसलको साहुले जुन दिन पसल खुल्छ त्यो दिन हिसाव गरौंला भनेका छन् । उनले आफ्नो घरभेटीको नाम पनि थाहा नभएको बताइन् । उनले अहिले पैसा छैन मेरो मोवाइल राख्नु भन्दा पनि मानेनन्, मलाई पैसा नै चाहिन्छ त्यो थोत्रो मोवाइल मैले के गर्ने भनेर कोठामा चावी नै लगाइदिने ।

उनले रुँदै भनिन्, कोठामा ग्यास पनि सकिएर अघिल्लो दिन देखि हामी आमाछोरीले खान पनि पाएका छैनौं । उनले रुँदै भनिन्, संसारमा सबै कुरा देखे तर यस्तो घरभेटी कहिल्यै देखेको थिइन् । उनी त्यो घरमा फागुन महिना देखि बसेको बताइन् । उनले आफ्नो दिक्षा भुजेल नाम गरेकी महिलाले एक युट्युवरलाई फोन गरेर निकै भक्कानिएकी थिइन् । काठमाडौंमा रहेको एक मिडियालाई फोन गरेर उनले आफ्नो पीडा बताएकी थिइन् ।

Related Articles

Back to top button
Close