News

काठमाडौं बनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण

काठमाडौँ, ६ जेठ । तीन वर्षीय बालकमा कोरोना पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले मंगलवारको नियमित पत्रकार सम्मेलनमा लमजुङका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

योसंगै काठमाडौँको बनस्थली एरियामा कोरोना संक्रमित देखिएको यो पहिलो हो। लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले कोरोना संक्रमित व्यक्ति काठमाडौँको बनस्थली बस्ने ३ वर्षीय बालक भएको पुष्टि गरेका छन्।

उनि एक साता अघिमात्रा धदिङ्गबाट आमासंग काठमाडौँ आएका थिए । वाहिरबाट आएको भन्दै काठमाडौँ महानगरको १६ वडाले उनीहरुको कोरोना टेस्ट गर्दा ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको पुष्टी भएको हो।

उनीहरु लम्जुङ्ग सुन्दर बजारको स्थायी वासिन्दा भएकको खुलेको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मंगलवारसम्म नेपालमा ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म ३७ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button