News

इटहरी पाँच दिन शिल गर्ने निर्णय

इटहरीलाई पाँच दिन शिल गर्ने निर्णय भएको छ । इटहरी २ का एक युवामा कोरोना देखिए सँगै इटहरीका वडा नम्बर २र३ लाई पाँच दिन शिल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको हो ।

इटहरीमा आज भेटिएका संक्रमितको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न भने बाँकी रहेको छ ।इटहरीका दुई वडा सँगै इटहरीमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरुमा बन्द गर्ने निर्णय गरेको हो ।

इटहरीका सुरक्षा संयन्त्र र उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीच भएको बैठकले इटहरीलाई पाँच दिन सम्म शिल गर्ने निर्णय गरेको इटहरी वडानम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले बताए ।

इटहरी क्षेत्रका सम्पूर्ण बजारहरु बन्द रहनेछन । इटहरीभर सर्वसाधरणहरुलाई हिड्ने पाईने छैन । युवाका छरछिमेकी तथा उनका सम्पर्कमा आएकाहरुको आरडिटी टेष्ट गरिने छ । आवश्यकता अनुसार पिसिआर परिक्षण गर्ने सहमती भएको वडाअध्यक्ष गौतमले बताए ।

Related Articles

Back to top button