News

काठमाडौंमा थप एक बालकमा समेत कोरोना सं’क्रम’णको पुष्टि

काठमाडौं – विश्वभर महा’मारीको रुपमा फैलिँदै गएको कोरोनाभाइ’रस नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सं’क्रमि’तको संख्या २६७ पुगेको छ ।

काठमाडौंमा एक बालकमा कोरोना सं’क्रम’ण पुष्टि भएको छ । काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना सं’क्रम’ण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा ९ जनामा कोरोना सं’क्रमि’त फेला परिसकेका छन् । तीमध्ये यसअघि नै ५ जना नि’को भएर घर फर्किसकेका छन् ।

यस्तै भक्तपुरमा पनि २ जनामा कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close