News

यति छिट्टै रणवीर बने टुहुरो, यस्तो थियो बुवा ऋषिको अन्तिम इच्छा !

भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन भएको पुष्टि गरेका छन्। बुधवार भारतमा क्यान्सरसँग जुधिरहेका अर्का प्रख्यात अभिनेता इरफान खानको निधन भएको थियो। बुधवार रणधीर कपूरले भनेका थिए, “ऋषि अस्पतालमा क्यान्सरसँग जुधिरहेका छन्। उनलाई सास फेर्न समस्या भइरहेको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।”

फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो। ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन्। रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन्।ऋषि कपूरले आफ्नो फिल्मी करिअरको शुरूवात १९७३ मा बबी फिल्बाट गरेका थिए। यसबाहेक उनी बाल कलाकारको रूपमा श्री ४२० र मेरा नाम जोकर मा पनि देखिएका थिए।

ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए।उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए।यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो। ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए। सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ वच्चनले ट्वीटमा भनेका छन्, “ऋषि कपूर रहेनन्। उनले अलविदा भने। यो असैह्य छ।” उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले अगाडी लेख्दै भनेका छन् आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म खण्डित भएँ ।’ अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

अमेरिकाबाट फर्किएपछि रणबीर कपुर आफ्ना आमा–बुवाको घरमा फिर्ता जाने योजना बनाइरहेको रणवीर । रणबीर कपूरका एक आफन्तले पत्रिकासँग कुराकानी गर्दै भने, ‘हालको परिस्थिती (ऋषि कपुर बिरामी भएपछि) ले रणबीरलाई उनका आमा–बुवासँग नजिक ल्याएको छ । उनी आफ्ना आमा–बुवासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छन् ।’ एक पत्रिकासँग कुरा गर्दै ऋषि कपुरले अमेरिकाबाट भने, ‘म पुनः काम गर्नका लागि उत्सुक छु । मेरो स्वास्थ्य अहिले निकै राम्रो छ । धेरैले मेरो लगातार सोधपु

Related Articles

Back to top button
Close