News

बहराइनमा थप ७२ जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

काठमाण्डौं – बहराइनमा थप ७२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको स्थानीय समय अनुसार मंगलबार १२ बजेसम्ममा जम्मा १२१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासको पहुँच नहुने पनि श्रम सहचारी दाहालले बताउनुभयो ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

Related Articles

Back to top button
Close