News

ज्ञानेन्द्र शाहीको समर्थन गर्दै रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

काठमाडौं / नेपालका चर्चित पत्रकार रवि लामिछानेले नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहिलाइ पक्राउ गरेकोमा बिरोध जनाएका छन। उनले सरकारले नै गर्नु पर्ने काम जनताले गर्दा पक्राउ गर्न नहुने बताउनुभयो,।

हिजो मात्रै अभियान्ता ज्ञानेन्द्र शाहिलाइ जावलाखेल प्रहरीले सरकारी लकडाउन उल्लंघन गरि बिदेशमा बस्ने नागरिक सङ्ग पैसा उठाइ राहत बितरण गरेको भन्दै पक्राउ गरेको कुरा विभिन्न सन्चार माध्यममा आइरहेको थियो।

फेसबुकमा एक स्टाटस लेख्दै रबि लामिछानेले भने कतिपय ठाउमा सरकारले बितरण गरेको राहत प्रभाव कारी छैन होला, यस्तो अबस्थामा अप्ठ्यारोमा परेका हरुलाइ राहत बितरण गर्नुपर्ने काम सरकारको हो तर जनताले नै यस्तो काम गरेकोमा अपराध नहुने धारणा ब्यक्त गर्नुभयो। तर ज्ञानेन्द्र शाहिलाइ पनि राहत बितरण गर्दा स्थानिय निकाय र प्रशासन सङ्ग समन्वय गरि बितरण गर्न सुझाब दिएका छन।

हेर्नुस उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै,

ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्।यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।

लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,सजाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्।

तर, भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने?भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्।ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।

Related Articles

Back to top button