News

लकडाउनमा समस्या परेकालाई सहयोग गर्न तयार छौं , सम्पर्क गर्नुहोस् : धुर्मुस सुन्तली

काठमाडौं ०९ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस ( कोभिड-१९) रोकथामका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ३० ओैं दिन सम्म आइपुग्दा नेपालमा ३१ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन्, जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छ । अन्य उपचाररत २७ जनाको पनि स्वस्थ्य अवस्था सामान्य रहेको स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लामो समयको लकडाउनले समस्या परेका ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु कर्मथलो छाडेर जन्मथलो फर्किरहेका छन् । राजधानीबाट हिडेर गाउँ फर्किनेहरुको ताप बढेसँगै बिच बाटोमा धेरैजना अलपत्र परेका खबरहरु छ्यापछाप्ति आइरहेको छ ।

त्यस्तै लकडाउनमा समस्या परेकाहरुलाई चर्चित हाँस्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल “धुर्मुस’ र कुञ्जना घिमिरे ” सुन्तली’ले सहयोग गर्ने बताएका छन् । धुर्मुस लेख्छन् :

याे संकट तथा महामारीकाे बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो । हामी पनि लकडाउनको पालना गरी घरबाट नै बिभिन्न सन्देशमुलक सामग्रीहरु बनाईरहेका थियाैं ।

काेराेना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको छ । अब यो समयमा सबैजना मिलेर मानविय धर्म पनि निर्वाह गर्नुपर्छ ।

हामीले पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं l
याे विषम परिस्थितिमा काेही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ l विपतमा पर्नुभएकाहरुलाई सहयाेग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छाैं ।सम्पर्कका लागि फोन नं. ९८४१७२१४१४/९८४२६८६४००

Related Articles

Back to top button
Close