News

एचआइभीको खोजी गरेर नोबेल पुरस्कार जित्ने वैज्ञानिकले भने–‘कोरोना प्रयोगशालामा बनेको हो

काठमाडौं। फ्रान्सका नोबेल पुरसकार विजेता ल्युक मन्टेग्नियरले कोरोनाभाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् । आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा उनले कोरोनाभाइरस प्रयोशालामै बनेको र यो भाइरस एचआइभी भाइरसको उपचारको लागि भ्याक्सिन बनाउने प्रयास गर्दा बनेको दावी गरेका छन् । स्मरणीय छ मन्टेग्नियर तिनै वैज्ञानिक हुन् जसलाई सन् २००८ मा एचआइभी भाइरसकै खोजीको लागि नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।

मन्टेग्नियरले अन्तरवार्तामा बताएअनुसार कोभिड १९ को जीनोममा एचआइभीका एलिमेन्ट पाइएका छन् र त्यसमा मलेरियाका रोगाणुका केही एलिमेन्ट समेत पाइएका छन् । ल्युक मन्टेग्नियरसहित अन्य ३ वैज्ञानिकहरुलाई एचआइभीको खोजीका लागि सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । उनले अन्तरवार्तामा अगाडि भने ‘वुहानको ल्याबले २००० को दशकको सुरुवातदेखि नै यस्ता भाइरसको लागि निपुणता हासिल गरिसकेको छ । यस क्षेत्रमा उनीहरुसँग अनुभव छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्यूजको हवाला दिँदै कोरोनाभाइरस वुहानको भाइरोलोजी ल्याबमा काम गर्ने एक इन्टर्नको गल्तीका कारण बाहिर आएको दावी गरेका थिए । फक्स न्यूजले एक विशेष रिपोर्टमा कोरोनाभाइरस प्राकृतिक भए पनि वुहानको भाइरोलोजी ल्याबबाट निस्किएको दावी गरेको थियो । त्यहाँ सुरक्षा नियमको पालना नगर्दा एक इन्टर्न संक्रमित भएकी थिइन् । उनको सम्पर्कमा आएर उनको ब्वाइफ्रेण्ड संक्रमित भए त्यसपछि भाइरस वेट मार्केट पुग्यो । यो रिपोर्ट आएपछि ट्रम्पले यस विषयमा जाँच गर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close