International

कतारमा आज थप ४ सय ४० जनामा कोरोना रिपोर्ट पोजिटिभ

कतारमा आज नयाँ ४ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । कतार स्वास्थ मन्त्रालयद्वारा अाज जरि गरिएकाे रिपाेर्ट अनुसार ८ जनालाई निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५,४४८ पुगेको छ ।

हालसम्म ५१८ जना निको भएर घर फर्किएका छन् ।त्यस्तै जम्मा ४,९२२ जना उपचारत छन् । आज सम्म ६२,५३८ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा ८ जनाको मृत्यु भएको छ ।
आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन ।

कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतार एयरवेजमा फर्केका युवक बल्ल क्वारेन्टाइनमा

कतारको क्युआर ६४४ विमानमाबाट नेपाल आएर घरमै लुकेर बसेका गुजरा नगरपालिकाका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले शनिबार क्वारेन्टाइनमा पुर्‍याएको छ । उनी घरमै लुकेर बसेको बेला प्रहरीले खोजतालस गरेको थियो ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि उनी नेपाल फर्केर सुटुक्क घरमै बस्दै आएका थिए । ती युवकसंगै आएका र घरमै लुकेर बसेका चन्द्रपुर १ वाग्मती अर्का युवकलाई तीन दिन अघि क्वारेन्टाइनमा ल्याइसकेको छ ।
विदेशबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्न सरकारले गरेको आग्रहलाई बेवास्ता गदै युवक घरमै बसेका थिए । उनी गाउँ डुल्थे । प्रहरी प्रधान कार्यालयले उनको तीन पुस्तेसहित परिपत्र पठाएपछि प्रहरीले नियन्त्रणमा लिइ चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइन राखिएको छ ।

चिकित्सकले उनको र्‍यापिड टेस्ट गरेका छन् । रिपोर्ट भने नेगेटिभ आएको छ । तर पनि क्वारेन्टाईनमा राख्न जरुरी देखिएको ईलाका प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताए । दुई सातापछि दुवैको स्वाब टेस्ट गरिने छ । उनीहरु चढेको एयरबेजका केही नेपालीमा कारोनाको संक्रमण देखिएको थियो ।

जिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनमा अहिले १३ महिला र १७३ पुरुष सहित १८६ जनालाई राखीएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘एक महिना भित्र क्वारेन्टाइनको मापदण्ड अनुसार बसेर उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ आए पछि धेरैलाई घर पठाएका छौ,’ उनले भने, ‘अहिले बसेकाहरुको पनि अविधि पुगेपछि धमाधम परीक्षण गरी नेगेटिभ आयो भने घर पठाउॅछौ ।’

अहिले क्वारेन्टाइनमा बसेकाहरु १६२ जनाको स्वाब संकलन गरिएको छ । २०४ जनाको र्‍यापिड टेस्ट गरिएको प्रशासनले जनायो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Related Articles

Back to top button
Close