Video

फिल्म संगसंगै आफै रेष्टुरेण्ट चलाउने चर्चीत नेपाली नायीकाहरु, जसवाट गर्छन यति धेरै आम्दानी (भिडियो हेर्नुस्)

काठमाडौं । आजभोली नेपाली चलचित्र क्षेत्रका चल्तीका अभिनेत्री फिल्मका साथ अन्य व्यवसायमा पनि सक्रिय हुन थालेका छन् । विशेष केही अभिनेत्रीहरुले रेष्टुरेन्ट पेसा अगांलेका छन् । जसका कारण चलचित्रमा पनि र होलटमा पनि नायिकाहरुलाई फाइदा पुग्छ । त्यसो त नेपालि फिल्ममा अभिनय गरेर मात्र अगाडी बढेका नायिकाहरु कमै रहेका छन।

बिगत लाई हेर्ने हो भने पनि धेरै जसो नेपालि नायिकाहरु केहि समय फिल्ममा अभिनय गरेर विदेश पलायन हुने गरेका छन। पछिल्लो समय झोलामा अभिनय गरेकी नायिका गरिमा पन्त अहिले बेल्जिएममा श्रीमान संग मस्त छिन। उनि पनि नेपालि सिनेमा क्षेत्रमा धेरै सम्भावना भएकी नायिका थिईन तर उनि फिल्म करिएर छोडेर विदेश पलाएन भएकी छिन।

आउनुहोस अब कुरा गरम , जो नेपालमै बसेर फिल्म करिएर र आफ्नो ब्यापार व्यावसायिक जीवन सफल बनाएका केहि नेपालि नायिकाहरुको बारेमा। सुन्दरता र अभिनयका कारण सदा चर्चामा रहने नायिका नम्रता श्रेष्ठ कलाकारका साथ होटल व्यवसायी पनि हुन् । उनले काठमाडौँमा एपिक रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेकी छिन् । उनले चलचित्रबाट भन्दापनि रेष्टुरेन्टबाट धेरै पैसा कमाउने गरेकी छिन् ।

ऋचा शर्मा आजभोली चलचित्रमा भन्दापनि आफ्नो होटल व्यवसायमा नै बढी व्यस्त छिन् । उनले पाङग्रा एक्सप्रेस नामक रेष्टुरेन्ट चलाएकी छिन् । उनको पनि रेष्टुरेन्टबाट राम्रो कमाई हुन्छ । पछिल्लो समयमा निकै रुचाइएकी अभिनेत्री बर्षा राउत पनि अभिनयका साथ साथ रेष्टुरेन्ट पनि चलाउँछिन् । उनले आफ्ना श्रीमान सन्जोग कोइरालासँग मिलेर रेष्टुरेन्ट र कफि सप सञ्चालन गर्दै आएकी छिन् ।

अभिनयका साथ साथ सामाजिक काममा समेत सक्रिय रहेकी अभिनेत्री स्वेता खड्काले पनि पछिल्लो समयमा रेष्टुरेन्ट सञ्चालन गर्न थालेकी छिन् । उनले हिमाल जावा कफि सप सञ्चालन गर्दै आएकी छिन् ।

Related Articles

Back to top button
Close