
नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो, अब कति पर्छ ?
Posted in News
काठमाडौं, असार ९ –
नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो।
इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० रुपैयाँ मात्र कायम गरिएको छ। यसअघि दुई हजार रुपैयाँ शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँ घटाएको हो।
यस्तै, २१ देखि ५० एमबीपीएसको महसुल दर दुई हजार ३०० रुपैयाँ रहेकामा एक हजार ६०० रुपैयाँ बनाइएको छ। ५१ देखि १०० एमबीपीएसको दुई हजार १०० र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रुपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० रुपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबीपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रु