News

कोरोना संक्रमित भनिएकी युवतीसँगै फ्रान्सबाट आएकाहरुको पनि खोजी सुरु

काठमाडौं- फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका अरु यात्रुहरुको खोजि सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि भएसँगै उनीसँगै आएका अरु यात्रुहरुको पनि खोजि सुरु गरिएको जानकारी दिएको छ ।

१९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि उनीसँगै अरु कति मानिसहरु आएका थिए भन्नेको तथ्याङ्क नभएपछि त्यसको खोजि तीब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभुक्त ढकालले जानकारी दिए ।

गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएपछि आइतबार बेलुकाबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको मन्त्री ढकालले जानकारी दिए ।

‘१९ बर्षीया ती युवतीको उहाँको परिवार र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्ने र उहाँहरुलाई पनि आइसोलेसनमा राख्ने व्यवस्था भएको छ,’ मन्त्री ढकालले भने हामीले तपाइहरुलाई अहिले ताजा सूचना दिएका हौं, व्यक्तिको गोपनियता पनि ख्याल गरिदिनुहोला।’

Related Articles

Back to top button
Close