Tuesday, May 17

होसियार ! भिरालो ठाउँको प्लटिङमा जग्गा किन्दै हुनुहुन्छ ? यसरी भासिंदैछन् भिरालोका घर !

April 7, 2022 1013

काठमाडौं उपत्यकामा जग्गाको भाउ यति धेरै बढेको छ की प्रतिआना २० लाख रुपैयाँ घटि जग्गा पाउनै मुस्किल छ ।भिरालो ठाउँमा गरिएका प्लटिङमा भने प्रतिआना १४/१५ लाख रुपैयाँ आसपासमा पनि जग्गा किन्न सकिन्छ ।

तर त्यस्तो ठाउँमा जग्गा किनेर घर बनाउने हजारौ व्यक्तिहरू अहिले पछुताइरहेका छन् ।सितापाइला स्थित पद्माक कोलोनीले भिरालो जमिनमा बनाएको एउटा घर भासिएको छ । करोडौ रुपैयाँ हालेर किनिएको घर भासिएपछि अहिले घरधनी के गरौ र कसो गरौ भन्ने अवस्थामा पुगेका छन् ।

घर भासिएर आधा भाग जमिन तल गएको छ । घरमा बस्नेहरूलाज्ञ एउटै घरमा ओहोर दोहोर गर्दा पनि उकाली ओराली गरे जस्तो भइरहेको छ ।केही समय अघि कीर्तिपुरमा पनि एउटा घर रातैभरमा डाडाबाट भासिएर ५० मिटर तल आएको थियो ।घरमा मानिसहरू सुतीरहेकै अवस्थामा घर चिप्लिए पनि मानविय क्षति भने भएन ।

उपत्यकामा बनेका अन्य हाउजिङमा पनि बेला बेला घर भासिएका समाचारहरू आइरहन्छन् । तर ती घटनाले ठूलो रुप लिन नपाउँदै डेभलपर र घरधनीहरूबीच सहमति भइहाल्छ ।तर काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नै नलिएका र नामै नसुनिएका व्यक्ति तथा संस्थाले गरेका प्लटिङमा यस्तो समस्या आउँदा उजुरी गर्ने ठाउँ समेत नेपालमा छैन ।

त्यसकारण यस्तो ठाउँमा घरजग्गा किनबेच गर्नुभन्दा अघि नै १० पटक सोचविचार गरेर मात्रै खरीद गर्नुपर्ने जानकारहरू बताउँछन् ।उपत्यकाका अन्य ठाउँमा पनि यसरी डाडा र भिरालो ठाउँमा बनाएका दर्जनौ घर वर्षेनी भासीन्छन् । कतिपय मिडियामा आउँछन्, कतिपय आउँदैनन् ।

२/४ लाख रुपैयाँ सस्तो पाउने लोभमा यस्तो ठाउँमा जग्गा किन्न नहुने पिडितहरूको सुझाव छ ।अहिले काठमाडौं उपत्यकामा गरिएका सयौ प्लटिङ यस्तै भिरालो ठाउँमा छन् । माथीपट्टी जमिन खारेको माटोले पुरिएका तलपट्टीका घडेरीहरू यस्तै जो’खिममा रहेको जानकारहरू बताउँछन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति नलिइ गरिएका यस्ता प्लटिङमा रोक लगाउन कित्ता नम्बर संकलन गरिरहेको छ । तर त्यो भन्दा अघिनै किनिसकेका घडेरीको हकमा के गर्ने भन्ने विषयमा अहिले पनि अन्यौल नै छ ।अनुमति लिएर गरिएका प्लटिङमा पर्याप्त खुल्ला क्षेत्र, कम्तिमा २० फिटे बाटो र वातावरणमा प्रतिकुल प्रभाव नपार्ने गरी प्लटिङ गरिएको हुन्छ ।

त्यस्तो ठाउँमा घर भासिएमा डेभलपर वि’रुद्ध मुद्दा मामिला पनि गर्न सकिन्छ ।अनुमति नलिइ गरेका प्लटिङमा भने १३ देखि १६ फिटे मात्रै बाटो राखिएको हुन्छ । खुल्ला क्षेत्र छोडिएको हुँदैन र प्रायजसो ठाउँमा डाडा खा’रेको माटो भरेर सम्म देखाइएको हुन्छ ।

त्यसैले घर वा जग्गा जे किनेपनि भिरालो जमिनमा किन्दै हुनुहुन्छ भने १० पटक सोचविचार गरेर मात्रै किन्नुपर्ने पि’डितहरूको सुझाव छ ।एक पटक यस्तो ठाउँमा घरजग्गा किनिसकेपछि करोडौ रुपैयाँ फस्छ । त्यो भनेको तपाईंले दुःख गरेर कमाएको जिन्दगीभरीको कमाइ फस्ने हो ।

त्यसैले आफ्नो दुःख गरेको कमाइ २ पैसा मूल्य बढ्ने ठाउँमा हाल्नुस । २ पैसा सस्तो पाए भन्दैमा जिन्दगीभरीको कमाई न’डुबाउनुस ।अभियान दैनिक

Comment