News

‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा

काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरुप ५० लाख नगद र ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछु,’ बसन्त चौधरीले ट्‍वीटरमा उल्लेख गरेका छन्।

सरकारले कोरोना डेडिकेटेड अस्पतालको स्थापना,चैत्र १०-१६ गतेसम्म मालवाहक सवारी बाहेकका भारत र चीनमा आउजाउगर्ने सम्पूर्ण नाकाहरू पूर्णरूपले वन्द, कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोष घोषणा,मन्त्रीहरूबाट एकमहिनाको पारिश्रमिक योगदान !
यसमा , सबैको ऐक्यवद्धताका लागि अपिल !!

करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग !कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।

सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघले पनि एक करोड सहयोग गर्ने घोषणा गरिसकेको छ।आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गर्दै सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ ।

Related Articles

Back to top button
Close