News

पर्साका व्यापारीमाथि कोरोनाको पुष्टि भएसँगै वीरगंञ्ज महानगरको आकस्मिक बैठक

काठमाडौं– वीरगञ्जका एक व्यापारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको आकस्मिक बैठक बसेको छ ।बीरगञ्ज आर्दशनगरका ब्यापारीलाई कोरोनाको संक्रमण देखिएपछि महानगरले आकस्मकि बैठक बोलाएको हो ।

वीरगञ्ज महानगरपालिका– १० आदर्श नगर भएका ६७ वर्षीय रुङ्गटालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।

त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो । ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।

Related Articles

Back to top button
Close