Saturday, May 21

साथीसँग झ’गडाको निहुँमा आफ्नै मिल्ने साथिबाट मा’रिईन कविता

April 6, 2022 1460

काठमाडौं । आफ्नै सहपाठीले कुटपीट गरेर ह त्या गर्छन् भन्ने जो कोहीले सोच्न पनि सक्दैनन् । स्कूल जानका लागि साथीले टेलिफोन गरेर बोलाएपछि मंगलबार बिहानै झिसमिसेमा घरबाट निस्केकी कविता सुनुवारले आफ्नै साथीको हातबाट मृ’त्युव’रण गर्नुपर्यो ।

उदयपुरको बेलका नगरपालिका ६ किरातचोक घर भएकी १६ वर्षीया कविता सुनुवार आफ्नो माध्यमिक परीक्षा (एसईई)को तयारीको लागि नियमित अध्ययनकै क्रममा घरबाट ट्यूसन पढ्न निस्केकी थिइन् । उनी बेलका नगरपालिका स्थित कोशी जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययन गर्दै गर्दा साथीसँग झ’गडा पनि परेको थियो ।

तर उनले त्यसलाई सामान्य रुपमा लिएकी थिइन् । एसईई परीक्षा नजिकिदै गर्दा विद्यालयले को’चिङको व्यवस्था समेत गरेको थियो । त्यही को’चिङमा जाने क्रममा बिहानै साथीले फोन गरेर बोलाएकी थिइन् । तर उनीमाथि बीच बाटोमै आ क्र म ण भयो ।

कविता सुनुवारको डं’गटोलस्थित यसोदा खोलाको किनारमा श’व भेटिएको थियो ।बाटो हिड्नेले श’व देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्यो र घटना सं’लग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेर ल्याउदा उनकै साथी र साथीका दाई नाता पर्ने विनोद ढकाल थिए ।

कविताका घर परिवारले उनीहरुले छोरीमाथि यसरी आ क्र म ण गर्लान भन्ने सोचेकै थिएनन् ।१७ वर्षीया साथी र १९ वर्षीय विनोद ढकाललाई पक्राउ परेपछि उनीहरुमाथि अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेकी नाबालिका मृ’तक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सुवासचन्द्र बोहोराका अनुसार कविताको ह त्या मा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकाल पक्राउ परे । भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएका थिए ।

कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै गएका थिए । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको थियो । घटनाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विज्ञप्ति निकालेर क’डा कानुनी कारबाहीका लागि माग गरेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झ’गडा भएको थियो ।सो झ’गडापछि कवितालाई त’र्साउन भन्दै साथीले दाई नाता पर्ने ढकाललाई पनि लिएर गइकी थिइन् । त्यही क्रममा बाटोमा झ’गडा परेको र दुई जना मिलेर ह त्या गरेको प्रहरीको दाबी छ ।

‘मंगलबार बिहान विद्यालयमा जाने क्रममा उनीहरुबीच भेट भएर झ’गडा सुरु भएको र खोला किनारमा पुगेपछि आ क्र म ण गरी ह त्या गरेको उनीहरुको प्रारम्भिक बयान छ’, डिएसपी बोहोराले भने

Comment