Monday, May 16

जहाज भित्र हामी प्रत्यक्ष प्रसारणमा छौ भन्दै भिडियो खिच्ने ऋषि धमलालाई आइलाग्यो आपत

April 5, 2022 669

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अ’मर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो । प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले ज ब र ज स्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।काउन्सिलका अनुगमन अधिकृत

सुरेन्द्र मल्लले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले ब’लजफ्ती रूपमा नि’षेध गरिएको क्षेत्रमा प्रवेश गरेको,

दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो? तपाईंबाट पटक-पटक यस्तो गै’रपेशागत क्रियाकलाप किन हुन पुगेको हो? पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो? २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशानुसार सूचित गरिन्छ।’

यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला ज ब र ज स्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ । धमला पटक-पटक विवादमा आइरहन्छन्। धमलाका टेलिभिजन अन्तर्वार्ताहरू पत्रकारिताको मर्म र भावनाविपरीत हुने गरेको आरोप लाग्ने गरेको छ।

Comment