Friday, May 20

पूर्व मिस नेपाल शृङ्खला पनि गायिकाको पक्षमा: लेखिन् यति लामो स्ट्याटस

April 5, 2022 769

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरण`ले तरंगित छ । एक नाबा`लिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजु`री दिएपछि पल केही दिनदेखि प्रहरी हिरा`सतमा छन् । प्रहरीले पललाई हिरास`तमा राखेर अनु`सन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।

श्रृङ्खला खतिवडा लेख्छिन्:

“एउटा वयस्क`ले नाबा`लिगमाथि यौ`नसम्बन्ध स्थापित गर्नु कानुन विपरित हो । यस्ता कानु`न वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।

मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मान`सिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ?हो,उनी जताततै अन्तर`वार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् ।

यो मु`द्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौ`न सम्बन्धबारे किन का`नुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नु`हुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।

म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ,बहिनी । नाबालिगसँग यौ`नसम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडि`तलाई आरो`प लगाउने गल्ती नगर्नु`होस् ।

‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीड`कलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन् भने ‘हुन्न’ भन्ने काम वयस्कको हो । किनभने यहाँ पी`डित केही निर्णय गर्नका लागि असा`ध्यै सानी छिन् । जबकी ती शाह उनी`भन्दा धेरै नै उमेरका थिए । यसले उमेर,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ ।

आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनर`सँग यौ`नसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ ।

त्यसैले यस्ता कानु`न बनाइएको हो । यसले नाबालिग (केटा–केटी) को फाइदा उठाउन खोज्नेहरू`लाई खबरदारी गर्छ । यो मु`द्दा धेरैका लागि जाग`रुकताको माध्यम र धेरैका लागि पाठ बन्नुपर्दछ। ” – रातोपाटी

Comment