News

लामो दुरी भन्नाले कति किलोमिटर टाढालाई भनिन्छ ? जान्नुहोस् ।

काठमाडौं ०८ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्नुहुँदै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गर्नुभयो ।

लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको निर्णयले मानिसहरुमा कौतुहल पैदा भएको छ । लामो दूरी भनेको कत्तिसम्मलाई भन्ने र सार्वजनिक बाहेकका गाडी चलाउन पाउने कि नपाउने भन्नेबारे सरकारले स्पष्ट पार्न सकेको छैन । तर, सवारी ऐनमा उल्लेख भएअनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा माथिकालाई बुझ्न सकिन्छ ।

उहाँकाअनुसार सवारी ऐनअनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दूरीलाई मझ्यौला दूरी (रुट) भनिन्छ । यस्तै २५ देखि १ सय किलोमिटरसम्मको दूरीलाई छोटो दूरी भनेर व्याख्या गरिएको छ । २५ किलोमिटरभन्दा तलको दूरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिएको महाशाखाले जनाएको छ ।

सवारी ऐनमा भएको व्यवस्था र सरकारले गरेको घोषणाअनुसार चैत १० गतेदेखि २५० किलोमिटरभन्दा धेरै दूरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटरभन्दा कमका लागि कुनै रोकटाेक छैन ।

यस्तै सरकारले सार्वजनिक गाडीबाहेक अरु गाडी चलाउन पाउने कि नपाउने भन्ने विषयमा पनि यकिन गरेको छैन। मोटरसाइकल, ढुवानीलगायत गाडीमा रोक लाग्छ कि लाग्दैन भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा छ ।उज्यालो अनलाइन

Related Articles

Back to top button
Close