Friday, May 20

Russian Army मा नेपाली लैजाने, एक लाख ३४ हजार सेना भर्ती गर्दै रुस

April 5, 2022 3717

Russian Army मा नेपाली लैजाने, एक लाख ३४ हजार सेना भर्ती गर्दै रुस

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसको वार्षिक कार्यक्रमअनुसार नै १ लाख ३४ हजार ५ सय नयाँ सैनिक भर्ती गर्ने आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।

तर रुसी रक्षा मन्त्रालयले नयाँ सैनिक भर्तीको युक्रेन यु’द्ध’सँग कुनै सरोकार नरहेको जनाएको छ ।

रुसले युक्रेनमा गरेको आ’क्रम’ण पाँच सातामा प्रवेश गर्न लाग्दा यस्तो आदेश पत्रमा हस्ताक्षर भएको हो । साथै अहिले युक्रेनी फौ’जले रुसी आ’क्र’मणका सश’क्त ढंगले प्र’तिकार गरिरहेको अवस्था छ ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले मंगलबार यसरी नयाँ भर्ति गरिएको सैनिकलाई कुनै पनि युद्धग्रस्त क्षेत्रमा नपठाइने बताएका थिए । तर यु”द्ध चलिरहेका बेला यसरी सैनिक भर्तीको विषय अघि आउनुलाई उच्च संवेदनशील नै मानिएको छ ।

यसअघि ९ मार्चमा रक्षा मन्त्रालयले केही नयाँ सेनालाई युक्रेनमा पठाइएको जनाएको थियो । पुटिनले भने सो कुरालाई पटक-पटक अस्वीकार गर्दै व्यावसायिक तथा अनुभव प्राप्त सेना र अधिकारीहरूलाई मात्र यु’द्धमा परिचालन गरिएको स्पष्ट पारेका थिए ।

सोइगुले मन्त्रालयको आफ्नो वेबसाइटमा भनेका छन्, ‘अधिकांश नयाँ भर्तीमा आउने सेनालाई तालिम केन्द्रहरूमा तीनदेखि पाँच महिनासम्म व्यावसायिक तालिम दिइने छ ।

तर म के कुरामा जोड दिन्छु भने उनीहरूलाई कुनै यु’द्धभु’मिा खटाइने छैनन् ।’ रोयटर्सबाट

Comment