News

को’रोनाको संक्रमण कम हुँदै, सेतो पुतलीको प्रकोप बढ्दै , गुम्ला है आँखाको ज्योती !

बागलुङको’रोनाको दोस्रो लहरको संक्रमण कम हुँदै जाँदा बागलुङमा सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । पश्चिम बुर्तिबाङ क्षेत्र, गलकोट, बागलुङ बजार र आसपासका गाउँमा रातीको समयमा सेतो पुतली धेरै देखिने गरेको र यसले छुँदा संक्रमण भएर उपचारमा सास्ती खेप्न बा’ध्य हुने गरेका छन् ।

गलकोट नगरपालिका वडा नम्बर ४ का पूर्णा सुनार सेतो पुतलीका कारण आँखामा जटिल समस्या देखिन थालेपछि पोखरामा उपचाररत हुनुहुन्छ । पूर्णाका श्रीमान हरी सुनारले सेतो पुतली निकै विषालु भएकाले यसबाट जो’गिनुपर्नेमा जोड दिनुहुन्छ ।‘सेतो पुतलीको शरीरबाट निस्केको धुलो मानिसको आँखामा परे दृष्टि समेत गुम्न सक्दोरहेछ,

आँखा रातो हुने, आँखा तथा टाउको दु’ख्ने, उ’ज्यालोमा हेर्न कठिन हुने, आँखामा पिप जम्मा हुने जस्ता लक्षण श्रीमतीमा देखा परेको थियो,’ उहाँले भन्नुभयो, ‘सेतो पुतलीका कारण आँखामा स’मस्या आएकाले केही दिनदेखि पोखराको घारीपाटन स्थित हिमालय आँखा अस्पतालमा उपचार गराइरहेको छु, आँखा सं’वेदनशील भएकाले समयमै हो’शियारी अ’पनाउन जरुरी छ ।’

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा पनि सेतो पुतलीको प्रकोप बढ्न थालेको स्थानीय बु’द्धिविनायक कार्कीले जानकारी दिनुभयो । उहाँले पछिल्लो केही दिन यता गाउँपमा सेतो पुतली निकै देखिन थालेको बताउनुभयो । कार्कीले घरको भित्ता र सिएफल ब्लब (विद्युतको सेतो चिम)मा निकै देखिएको उहाँको भनाई छ ।

‘सिगानामा सेतो पुतली निकै देखिन थालेको छ, यो धेरै मात्रा सिएफल ब्लब अर्थात सेतो ब्लबमा निकै देखिन्छ’ उहाँले भन्नुभयो ‘यो देखिन थालेमा रातो ब्लब बाल्ने घरमा बाहिरको ब्लब नबाल्ने र मान्छे नबस्ने घरमा ब्लब बाल्ने हो भने त्यही ठाउँमा बढी देखिने गरेको छ ।’

Related Articles

Back to top button