Video

हास्दै हास्दै बनाएको टिकटकले सबैलाई रुवायो [भिडियो सहित]

काठमाडौं : तनहुँस्थित सेती नदीमा खसेर एक नवदुलही बेप’त्ता भएकी छन् । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेप’त्ता भएकी हुन्। श्रोतका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको हो।

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा ख’सेर बेप’त्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा ख’सेको बताइन्छ । उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जो’खिम मोलेरै गएको देखिन्छ ।

त्यस स्थानमा सेती नदी डरलाग्दो तरिकाले उ’र्लिएको भिडियोमा देखिन्छ । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । लम्साल अचानक चि’प्लिएर नदीमा ख’सेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पुलचोकस्थित रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चि’प्लिएर लम्साल सेतीमा ख’सेकी हुन। उनी ख’सेकी हुन् या होइन भन्ने विषयमा छानबिन भइरहेको उनले बताए । उनको खोजी कार्य तीव्र बनाइएको र साँझ ७ बजेसम्म पनि फेला नपरेको तिमिल्सिनाले बताए । भिडियो यहाँ लिंकमा छ ।

Related Articles

Back to top button