News

खर्च जुटाउन रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी पुर्वराष्ट्रपति ओबामाकी छोरी सासा

न्यूयोर्क – तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । उदाहरणको रूपमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।

अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु सामाजिक संजालमा भाइरल भैरहेका छन् । त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् ।

Related Articles

Back to top button