Video

संखुवासभा घटनामा फाँ’सीको माग गर्दै स्थानीय सडकमा उत्रिए -भिडियो हेर्नुहोस्

संखुवासभाको मादी नगरपालिका(१ खोला गाउँमा एकै परिवारका ६ जनाका श व फेला परेको घटनामा प्रहरीले आइतवार कार्की परिवारकै आफन्त लोकवहादुर कार्कीलाई सार्वजनिक गर्यो । प्रहरीले यस अघि नै लोकवहादुरलाई पक्राउ गरेको जानकारी दिएको थियो । लोकवहादुर र घटनामा परेका ६ जनाको परिवार आफन्त हुन् ।

इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले त्यही गाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। गत सोमबार बिहान ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन्द्र कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वता कार्कीको श व फेला परेको थियो । घटना भतिजा नाता पर्ने छिमेकी लोकबहादुरले गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

घटनाको दिन बिहानै तेजबहादुर लोकबहादुरको घरमा गएका थिए। घरबाट एक घण्टा टाढा रहेको मादी(३ स्थित पिप्लेमा रहेको खेतमा काम गर्न खेताला खोज्दै हिँडेका उनी लोकबहादुरको घरमा पुगेका थिए । अघिल्लो दिन नै लोकबहादुरले भाई र म आउँछौं भनेको भएपनि निश्चित गर्न तेजबहादुर घटनाको दिन बिहानै तेजबहादुरको घरमा पुगेका थिए ।

लोकबहादुरले फेरी पनि भाइ र म खेताला काम गर्न आउँछौं काका भनेर फर्काए । तर जब तेजबहादुर अघिल्लो पाइलो हिड्दै अलि पर पुगे लोकबहादुरले पनि चिर्पट लिएर काकाको पछि पछि गए ।

‘आफूलाई पा ग ल र काम गर्न नसकेको भन्दै गा ली गरेको रि स मनमा राखेका लोकबहादुरले बारीको डिलमा रहेको गोगनको बोटनजिकै प्र हा र गरेँ । उनी कराउँदै ढ लेपछि घटना देख्ने सबैलाई पालैपालो सि ध्या ए ।

उनले प्रहरी सामु घटना स्वीकार गरेका छन् । उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, अघिल्लो रात निद्रा नलागेर छटपटी भएर बसेको थिएँ। एक्लै घरमा भएका बेला काका आइपुगे। खेताला टुंगो गरेर फर्किँदै गर्दा मनमा उनीप्रति आ क्रो श आएर यही हो मौका भन्दै हा नेँ ।
उनका बुबा काम कम सुन्छन्। बोलि लटपटिने छ। घरको आर्थिक अवस्था कमजोर छ।

लोकबहादुरका बुबाको स्वास्थ्य पनि त्यस्तो भएकै कारण उनका हजुरबुबाले म र्ने बेलामा तेजबहादुरलाई घर रेखदेख गरिदिन भन्थे। हजुरबुवाले त्यसो भनेका कारण तेजबहादुर लोकबहादुरको घरमा गैरहन्थे । काम सिकाउँथे । भनेको नमाने गा ली पनि गर्थे । दुई पटक विदेश गएर पनि काम गर्न नसकेर फर्किएको लोकबहादुरलाई तँ पा ग ल केही गर्न सक्दैनस् भन्थे ।

यो कुराले आफूलाई पी डा दिएको लोकबहादुरले बताएका छन्। जुन कुरा आफूलाई लामो समयदेखि चित्त दुखिरहेकाले त्यो दिन मौका पारेर घटना गराएको उनले प्रहरीलाई बताएका छन् । लोकबहादुरका हजुरबुबा बित्ने बेलामा दिएको जिम्मेवारी पूरा गर्ने क्रममा भतिजलाई गा ली गरेका तेजबहादुरको अन्ततः त्यही कारण परिवारै स खा प भयो।

Related Articles

Back to top button