News

लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दैलामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् ।

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् ।

गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ । प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् । चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ ।

Related Articles

Back to top button