News

पक्राउ परेका युवकको बयान : धेरै ह्यापे त्यसैले सिकिदिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिकघट्ना सं’लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घट्ना सं’लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन् ।

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो । आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या’न लिएको अनुसन्धानबाट थाहा भएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।

घटनामा सं’लग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति सोही ठाउँका लोकबहादुर कार्की परिवारका भतिजा पर्ने छिमेकी हुन्। तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा यस्तो गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् ।

लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रलोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र कपडा ब’रामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। पारिवारीक दु’श्म’नीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन स’म्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई ज्यान लिएको देखिएको प्रहरीले जनाएको छ। यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका ती व्यक्तिको नाम आइतबार नै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button