News

त्यो दिन बिहानै घर बाट ५ बजे नै बारीमा निस्किएका तेजबहादुर….

काठमाडौं । संखुवासभा ६ जनाको ज्यानलिने गरि भएको घटनाले सबैको मनमा डर पैदा गरिदिएको छ । अहिलेसम्म कसले र किन घटना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्।

गाउँमा घटनाका कारण स्थानिय डराएका छन् । साँझ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै डर लाग्ने गरेको स्थानियले बताएका छन् । ह’त्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’त्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह’त्या भएको हुनसक्ने अनुमान गरिएको हो । ‘एक जनाको मात्र ह’त्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै ह’त्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।

घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शव भेटिएको छ । त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शव भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मा’रेको हुनसक्ने अनुमान गरिएको छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आक्रमण गरेको पाइएको छ ।

घटनालाई नजिकबाट नियालिरहेका प्रहरीका अनुसार हत्याराले सबैभन्दा पहिले तेजबहादुरलाई आ’क्रमण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुरको शव भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चि’च्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।

ह’त्यारा बाटोमा कुरेर बसेको वा खोल्सीमा जम्काभेट हुँदा तेजबहादुरमाथि आ’क्रमण भएको हुनसक्ने प्रहरीले बताएको छ । जब तेजबहादुरमाथि आ’क्रमण भयो, त्यसपछि उनी चिच्याएको र चि’च्याए’पछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थलतर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तेजबहादुरमाथि आ’क्र’मण गरिरहेको अवस्थामा ह’त्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आक्रमण गरी ह’त्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । कमला र रञ्जनालाई पनि आ’क्र’मण गरेपछि उनीहरु पनि क’राएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रहरीको अनुमान छ ।

ह’त्यारालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि ल’खेटी ल’खेटी ह’त्या ग’रेको हुनसक्ने ‘क्राइम सिन’ले बताएको प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।

प्रहरीका अनुसार घटना बिहान ५ बजेदेखि ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । किनभने घटना भएको दिन तेजबहादुरले आफ्नो बारीमा खेताला बोलाएका थिए । त्यसकारण तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थिए । तर बाटो कुरेर बसेका वा जम्काभेट भएका ह’त्याराले आवेगमै तेजबहादुरमाथि आ’क्रमण गरेको हुनसक्ने घटनास्थलको अध्ययनले बताएको प्रहरीको भनाइ छ ।

त्यसपछि तेजबहादुरको चिच्याहट वा गुहारका कारण परिवारका अन्य सदस्यहरु पनि उनलाई बचाउन पुग्दा उनीहरु सबैमाथि आ’क्र’मण भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफ्नो पहिचान खुल्ने डरले ह’त्याराले सबैको ह’त्या ग’रेको हुनसक्ने प्रहरीले बताएको छ । घटना करिब २० मिनेटभित्रै भएको हुनसक्ने र त्यो समय भनेको बिहान ५ बजेदेखि ५ः ४० को बीचमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Related Articles

Back to top button