News

नायिका ऋचा शर्मा आमा बनिन, तर पुत्रको तस्बिरमा यस्तो खुलाशा

काठमाडौं ।नायिका ऋचा शर्मा आमा बनेकी छन् । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचाले पहिला सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । उनले आज राति अस्पतालमा छोरालाई जन्म दिएको जनाइएकाे छ ।

ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो सामाजिक सञ्जालमा बाहिरिएको छ । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

कमेडी च्याम्पियन परिवारले शर्मालाई शुभकामना दिँदै भनेको छ,‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसंगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई। आमा–छोरा दुबैको सुस्वास्थ्यको कामना।’

Related Articles

Back to top button