Video

निर्देशक सुदर्शन र मोडल तथा सञ्चारकर्मी बिच भयो यसरी बिवाह (हेर्नुस् भिडियो )

निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ।सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन्।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे। सुप्रिया मोडल पनि हुन्। हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।

उक्त जोडिलाई सामाजिक संजालमा अत्याधिक रुचाइएको छ साथै उनिहरुलाई बिवाहको अग्रिम शुभकामना दिनेको लामलस्कर पनि ठुलै छ ।जन्मदिनको अवसर पारेर सुदर्शनले यसरी इन्गेजमेन्ट गरेका हुन् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button