News

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय सञ्चालन हुने

काठमाडौं । आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले उपत्यकाका विद्यालय असोज १ गतेदेखि सञचालन गर्ने अनुमति दिएको जानकारी दिए ।

उनले आर्थिक न्युसँग भने, ‘आज दिउँसो उपत्यकाका स्थानीय तहहरूबीच बैठकले भएको छ । स्थानिय तहको समन्वयमा नगर विकास समितिको सिफारिसमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन गर्न दिने अनुमति दिएका छौँ । उपत्यकाका स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन हुन्छन् ।’

विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भए नभएको भनेर नियमित नियमन गर्नुपर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्।

Related Articles

Back to top button