Wednesday, May 18

पल शाहविरुद्ध ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियोलाई अदालतले प्रमाण मान्छ ? यसो भन्छन् वकील

April 3, 2022 1395

अभिनेता पल शाह वि`रुद्ध जिल्ला प्रह`री कार्यालय तनहुँमा ब`लात्का|रको जाहेरी पर्नुअघि ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्व`जनिक गरेका छन् ।

सो घटनामा आफूहरु देखिन नमिल्ने भन्दै दुई`जना पुरुषले ती किशोरीलाई पल वि`रुद्ध ब`लात्का`र मु`द्दा अघि बढाउन आग्रह गरेका छन् । ‘विवाह गरिहालेमा के गर्नु ?’ अडियोमा महिलाको स्वर सुनिन्छ, ‘त्यो भन्दा अगाडि नै गर्नुपर्छ ।’

भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरु|द्ध ष`ड्यन्त्र गरेको शाहको आ|रोप छ । अडियो कुराकानीमा एउटी महिलाको स्वर सुनिन्छ । ती महिलालाई पुरुषहरुले भनेका छन्, ‘अब अरुबाट त्यसलाई गिराउन सकिन्न, त्यसलाई पतन बनाउने तिमीले मात्र हो ।’

जिल्ला अ`दालत तनहुँले पक्रा`उ पू`र्जी जारी गरेसँगै प्र`हरीले पललाई खोजिरहेको छ । उनीविरु`द्ध ब`लात्का`रको उ`जुरी दिने किशोरीलाई जिल्ला प्रह`री कार्यालय तनहुँले मेडिक`ल जाँच गराएको छ । आरो`पीलाई पक्रेर थप अनु`सन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए ।

अडियोबारे के हुन्छ ?

पल प्रकरणमा सामाजिक सञ्जालमा छर`पस्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रहरी र सरकारी वकिल कार्यालयले ब`लात्कृ`त किशोरीको तर्फबाट अ`नु`सन्धान र बहस गर्छन् । सरकारी निकायले सो अडियोलाई अन्देखा गर्छन् । तर, मु`द्दाको बहस गर्दा पल शाह पक्षका कानुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन माग गर्न सक्छन् ।

परीक्षण गरिएको अडियोलाई अदा`लतले प्रमाण मान्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । रातोपाटीसँग कुरा गर्दै खरेलले भने, ‘विशेष अदा`लतले परीक्षण नै नगरेको अडियोलाई पनि प्रमाण मानेको उदाहरण छ तर, परीक्षण गर्दा बिचमा क्लिप नकाटेको अडियोलाई हाम्रो अदा`लतले प्रमाणको रुपमा स्वीकार गरिरहेको छ ।’

नेपाल प्रह`रीको केन्द्रीय अ`नुसन्धान व्यूरोसँग आवाज हो कि होइन भनेर परीक्षण गर्न मिल्ने प्रविधि छ । अमेरिकी सरकारले दिएको भ्वाइस स्पेक्टर्म एनालाइजर मार्फत अडियो परीक्षण गरिन्छ । एनालाइजरले ८० प्रतिशत आवाज मिलेको रिपोर्ट दिएमा त्यसलाई अदा`लतले प्रमाणको रुपमा लिने गरेको छ ।

पल शाहको मु`द्दा अनु`सन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक अडियोबारे ‘नदेखेझैं’ गर्नेछन् । तर, डिफेन्स लयर्सले त्यसबारे कुरा उठाएमा अदालतको आदेशमा परीक्षण हुनसक्छ ।

अडियो परीक्षण गर्दा अडियो क्लिप काटेको हुनु हुँदैन । क्लिप काटेको भिडियो र अडियोलाई चाहिँ अदालतले प्रमाण मान्दैन । अमरेन्द्र कर्णको मुद्दामा भिडियो क्लिप बिचमा का`टेको भन्दै सर्वोच्चले प्रमाणको रुपमा नमिल्ने भनेको थियो ।

भ्वाइस स्पेक्टर्म एनालाइजर मेशिन नेपालमा आउनुअघि अदालतले अडियो`लाई प्रमाण मान्ने गरेको थियो । सो डिभाइस आउनुअघि अडियोमा बोल्ने व्यक्तिले स्वीकार गरेमात्र अदा`लतले प्रमाण मान्ने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । आफ्ना विरु`द्ध प्रतिकुल हुने कुरा झिकेको (क्लिप काटेको) अवस्थामा चाहिँ प्रमाण लाग्दैन ।

पल शाह वि`रुद्ध ष`ड्यन्त्र गरिएको अडियोबारे अनु`सन्धान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा तनहुँका एसपी राजेन्द्र`बाबु रेग्मी भन्छन्, ‘हामी जाहेरी अनुसारको मु`द्दालाई बलियो हुने प्रमाण संक`लन गरेर सरकारी वकिल कार्या`लयमा पेस गर्छौं ।’

Comment