Video

चर्चित लोक गायिका बिष्णु माझीसंग गायिका जानकी तारमी मगरको त्यो जम्का भेट, भन्छिन बुर्का भित्रको अनुहार हेर्दा ……

नेपाली लोक संगीतमा आफ्नो छुट्टै स्थान बनाउंन सफल गायिका हुन् जानकी तारमी मगर । रोधी, दोहोरी कम्पिटिसन हुंदै गायन क्षेत्रमा भित्रिएकी जानकी सुरिली स्वरकी धनी हुन् ।

त्यासो त जानकी गायिका मात्रै हैनन् पहिले देखि नै आफ्नै शब्द संगीतमा गीत गाउंदै आएकी उनले आफ्नै शब्द तथा संगीतमा पनि गीत तयार पारेकी छिन् । लोक क्षेत्रका चर्चित गायक पशुपति शर्मासंग सहकार्य गरेर जानकीले तीज लक्षित ढाड दुखेर करक्कै बोलको भिडियो गीत बजारमा ल्याएकी छिन् ।

नेपाली पन भएका रमाईला गीत संगतीमा निक्कै रुचाईएकी जानकीले गायिका विष्णु माझीसंगको पहिलो भेटको अनुभब सुनाएकी छिन् । मुस्लिम समुदायले लगाउंन बुर्का झै कपडा लगाएर स्टुडियो पुगेकी विष्णु माझीसंग जानकीले पहिलो पल्ट भेट्ने मौका पाएकी थिईन् ।

Related Articles

Back to top button