News

अन्तरजातीय विवाह गरेका कारण ससुराली जान नपाएपछि खुलेको ‘ससुराली क्याफे’

जातीय विभेद हटेको घोषणा भएको जुगौँ भइसक्यो तर पनि आजसम्म त्यसले समाजमा जरा गाडेकै छ । पछिल्ला केही घटनाहरूलाई नियाल्ने हो भने जातीय विभेदको अन्त्य केवल घोषणा र घोषणापत्रमा मात्र सीमित रहने निश्चित छ । यस्तै एउटा विभेदको सिकार भएका थिए, युवा व्यवसायी सुमन मंग्राती।उनी अहिले पनि स्मरण गर्छन्, त्यी पल ।

जुन पल उनलाई एउटा फिल्मको कथाभन्दा कम लाग्दैनन् । अन्तरजातीय विवाह गरेका कारण दुई परिवारबिचको टकराबको अनुभव सँगालेका सुमन लामो समय ससुराली जान पाएका थिएनन् । २०७१ सालमा उनले खतिवडा थरकी युवतीसँग विवाह गरेका थिए । तर ससुरालीले ज्वाइँलाई स्विकारेनन्।

फरक नाम र फरक अवधारणासहित असार २५ गतेदेखि विराटनगर–७ स्थित हनुमानदास रोडनजिकै ४० लाखको संयुक्त लगानीमा ससुराली क्याफे सञ्चालन गरिएको छ । नामका कारण महिना दिन नबित्दै राम्रो चर्चा बटुलेको उक्त क्याफेले युवाहरूलाई आकर्षित गरिरहेको छ।

Related Articles

Back to top button