News

मुसालधारे बर्षातको कारण न्युयोर्कमा एकै परिवारको ३ नेपालीको मृत्यु

न्युयोर्कमा बुधाबार अचानक परेको मुसालधारे बर्षातको कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ । न्युयोर्कमा भएको यो अकल्पनिय घटनामा परि मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ बर्षिय आङ गेलु लामा २० बर्षिय श्रीमति मिङमा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन । उनीहरु न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस म्यानमा बस्दै आएका थिए ।

लामा परिवारको मृत्यु लगतै सुरक्षा निकायले विहानै उनीहरुको सव व्यवस्थापन गरि छानवीन प्रक्रिया अगाडी बडाइरहेको पारिवारिक श्रोतले जनाएको छ । मृतक लामा विगत १४ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका छन ।

‘ न्युयोर्कमा कल्पानै नगरेको त्यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुख लागीरहेको छ ’ आङ गेलु लामाको दाई लातेन लामाले बताए । लातेन र उनको दाई दोमे लामा दिवंगत भाईको परिवारको लागी धार्मिक कार्यमा जुटिरहेका छन । न्युयोर्कमा भएको बर्षातको कारण एक दर्जन भन्द बढिको मृत्यु भएको छ भने कैयाको धेरै धनजनको क्षति भएको छ ।

आफनो समुदायको एकै परिवारको ३ जनाको ज्यान गएको अकल्पनिय घटनाले निकै दुखित तुल्याएको शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जलीसंगै उहाको परिवारलाई चाहिने आवश्याक सहयोग गर्ने अध्यक्ष शेर्पाले बताइन ।

Related Articles

Back to top button