News

श्वेता खड्का भन्छिन ‘राजनीतिमा आउने कुनै सोच छैन्’

नायिका तथा निर्मात्री श्वेता खड्काले आफु कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नभएको बताएकी छिन् । अभिनेत्री मनिषा कोइरालाले खोलेको भनिएको नयाँ पार्टी एकिकृत शक्ति नेपालमा आफ्नो आवद्धता नभएको श्वेताले स्पष्ट पारिन् ।

‘यो खबर कहाँबाट आयो म आफैं अचम्ममा छु । हो मलाई उक्त कार्यक्रमको निमन्त्रणा आएको थियो । तर, म जाँन पाइन् । त्यो एकतर्फी प्रस्ताव थियो । अहिले म घर परिवार, व्यावसाय र समाजसेवामा व्यस्त छु । राजनीतिमा आउने मेरो कुनै सोच नै छैन्’, श्वेताले भनिन् । नायक निखिल उप्रेतीले यस बारे केही पनि बताएका छैनन् । मनिषा भने फिल्म छायाँकनको लागि देश बाहिर छिन् ।

अभिनेत्रीहरु करिश्मा मानन्धर र रेखा थापाको पनि एक समय राजनीतिक वृत्तमा चर्चा थियो । तर, हाल दुवै अभिनेत्रीहरु मौन छन् ।

Related Articles

Back to top button