Saturday, May 21

बलिउड नायिका मलाइका चढेको गाडी दु’र्घटना

April 3, 2022 341

बलिउडकी नायिका मलाइका अरोडाको गाडी दु’र्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दु’र्घटनामा परेको बताइएको छ । खबरका अनुसार तीन गाडी एक–आपसमा ठो’क्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो ।

दु’र्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चो’ट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।

मलाइकाका साथीले दिए जानकारीः मलाइका अरोडाका नजिकका साथीले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार मलाइकाको घाउमा टाँ’का लगाइएको छ र हाल उनको अवस्थामा राम्रो छ । उनका अनुसार मलाइका दु’र्घटनाका कारण ‘श’क’मा भने परेकी छिन् । टाउको नजिकै उनले कु’शन राखेको भएर उनलाई खासै चो’ट नलागेको पनि ती साथीले जानकारी दिए ।

यो पनि – बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न स’मस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले नि’म्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा ।

२५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । विवाहपछि बच्चा जन्माएकी उनलाई सामाजिक परम्पराको परिबन्दले बाँ’धेको थियो । तर उनले हरेक महिलाहरुका लागि प्रेरणा बन्ने काम गरिन् । मलाइकाले २५ वर्षको उमेरमा अरबाज खानसँग विवाह गरिन् ।

र उनले छोरो जन्माइन् । उनले घरको समस्यालाई कहिल्यै पनि कामसँग जोडिनन् । उनी सधैं जीवनमा ग्ल्या’मरस अ’प्रोचका साथ अगाडि बढिरहिन् जसले उनलाई सफल बनायो । मलाइकाले पोडकास्टका दौरान आफ्ना जीवनका तीतामिठा पलहरु सेयर गरेकी छन् ।

उनले भनेकी छन्, ‘जब मैले विवाहपछि आमा बन्ने फैसला गरेँ । मेरो व्यवसायिक जीवनमा कुनै असर गरिन । यो सबै महिलाहरुका लागि उदाहरण हो । मेरा आसपासका व्यक्तिहरुले मलाई धेरै कुरा सुनाए तर मैले कहिल्यै यसलाई मनमा लिइनँ ।’मलाइका विवाह, बच्चा र सम्बन्धवि’च्छेदपछि पनि निरन्तर आफ्नो काममा व्यस्त छिन् ।

उनले आफूले ग’र्भवती भएको अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताउँछिन् । उनले हिम्मत र हौसला हरेक महिलाका लागि आवश्यक चिज भएको बताउँछिन् । उनले व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई कहिल्यै जोड्न नहुने पनि सुझाव दिन्छिन् । उनी समझदारी र हिम्मतका साथ अगाडि बढ्न हरेक महिलाका लागि प्रेरणा हुन् ।

Comment