News

राति औषधि खाएर सुतेका सिद्धार्थ त्यसपछि कहिले उठेनन्…

काठमाडौं–भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। अभिनेता तथा बिग बोस–१३ को बिजेता शुक्लाको गएराति निधन भएको हो । । शुक्लाको हृ,दय’घातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको बताईएको छ । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृ,दय,घातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए । उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए । उनको जन्म मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो । आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए ।

उनको शव अहिले पो,स्ट’मर्टमका लागि मुम्बईको कपुर अस्पतालमा राखिएको छ। अस्पतालले मृ त्युको कारण हृ दय घात भएको पुष्टि गरिसकेको छ।

Related Articles

Back to top button