News

काठमाडौँको कुलेश्वरबाट रमेश र मीनप्रसाद पक्राउ ! शंका लागेर झोला हेर्दा छक्क पर्‍यो प्रहरी

काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँका एक फलफूल व्यापारीले हुण्डी कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएको थियो।

सो टोलीले स्टल नम्बर १८ मा काम गर्ने रामेछाप सुनापाती गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको कालीमाटी डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सेनाको झोला चेक गरेको थियो।

सो झोलाबाट प्रहरीले ३० लाख सात हजार रूपैयाँ बरामद गरेको परिसरले जनाएको छ। साथै काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ घर भई कुलेश्वर बस्ने फलफूल व्यापारी मिनप्रसाद गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरू दुबै जना अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Related Articles

Back to top button