News

आज १६ भदौ २०७८, बुधवार : आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । शेयर बजारम गरेको लगानीले राम्रो प्रतिफल दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिँडडुल र यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल ( हाम्रो पात्रो)

Related Articles

Back to top button