Wednesday, May 18

बालिकाको बयान: सरले ‘नोटकपी’ लिन बोलाउनु भयो अनि जङ्गलमा लानुभयो त्यसपछि …..

April 2, 2022 520

सांकेतिक तस्बिर

शिक्षकनै विद्यार्थीलाई कर णी गरेको घ टनामा मु छिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आ परा धिक घ टना हो ।

यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त कर णीसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो ।

कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई कर णी गरेर ग र्भप तन गराएको आरोप उनीमाथि छ ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयानअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग ।

भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।

ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले ओठ चु स्नेदेखि स्त न खे लाउनेलगायतका ह र्कत गर्न थाले । अन्ततः इच्चाविपरीत दुईचोटी कर णी गरे ।

कर णीपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख छ । शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक कर णी गरेको ती विद्यार्थीले आरोप लगाएकी छिन् । भुसालले कर णी गर्दा नै ग र्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।

प्रतिवादी भुसालले भने कर णीको आ रोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, – सल्लाहअनुसार यौ नस म्पर्क राखिएको हो ।

कानुनअनुसार इच्छाविपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौ नस म्पर्क राखे कर णी मानिन्छ ।

ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौ’ न स म्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध कर णीसम्बन्धी मु द्दा अदालतमा अभियोजन गरेको हो ।

वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको ग र्भप तन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।

वकिल कार्यालयले भुसालविरुद्ध कर णीसम्बन्धी मुद्दामा १४ वर्षसम्म कै द, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कै द र ४० हजार रूपैयाँ जरिवानासँगै ग र्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ ।

Comment