News

कक्षा मा २५ जना विद्यर्थी राखेर प्रत्यक्ष विद्यालय चलाउन पाइने

तनहुँको व्यास नगरपालिका भित्रका विद्यालयमा २५ जना राखेर प्रत्यक्ष कक्षा चलाउन पाइने भएको छ ।

नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अबदेखी प्रत्यक्ष कक्षा संचालन गर्न व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले निर्देशन गरेको छ ।

नगरपालिका भित्रका विद्यालयहरुमा कोभिड-१९ को कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन भन्दै नगरपालिकाको गत भदौ ८ गतेको बैठकको निर्णयानुसार वैकल्पिक माध्यमको प्रयोग गरि पठनपाठनमा निरन्तरता दिन विद्यालय निर्देशन पालना गर्न नगरपालिकाले विद्यालयलाई अनुरोध गरेको छ ।

नगरपालिकाले सम्भव भएसम्म वैकल्पीक विधि अनुसार अनलाइन कक्षा सञ्चालन गर्न समेत भनेको छ ।

अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १ सय जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजे सम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न र मध्यान्तर विदा नगर्ने नगरपालिकाले निर्देशन दिएको छ ।

यस्तै एक सय भन्दाबढि विद्यार्थी भएमा एउटा कक्षामा २५ जना भन्दा बढी नरहनेगरी दिउसो २ बजे सम्म मात्र कक्षा सञ्चालन गर्न र मध्यान्तर विदा नगर्ने नगरपालिकाले भनेको छ ।

धेरै विद्यार्थी भएका विद्यालयले भने २५ जना भन्दा बढि प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समुह वा सिफ्टमा वा जोर विजोर रोल नं. वा आलोपालो (कक्षा, तह वा संख्या) गरि बढिमा ४ घण्टा मात्र मध्यान्तर नहुने गरी कक्षा सञ्चालन गर्न नगरपालिकाले निर्देश गरेको छ ।

त्यस्तै विद्यालयमा सरसफाई, शौचालय, मास्क, सेनिटाइजर, साबुन/पानी लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवस्था मिलाउन समेत विद्यालयलाई अनुरोध गरिएको व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिए ।

उनले भने ‘विद्यालयको सवारी साधान प्रयोग हुने भएमा एक सिटमा १ जना मात्र विद्यार्थी रहने गरी सवारी
साधान चलाउन भनेका छौ ।’

शिक्षा तथा सामाजिक विकास शाखा, स्वास्थ्य तथा जनसंख्या शाखा, वडा कार्यालयबाट निरन्तर अनुगमन गरिने र निर्देशन पालना नभएको पाइएमा कक्षा सञ्चालन बन्द गरिने व्यास नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक वा विद्यार्थीमा संक्रमणको शंका भएमा विद्यालय नजिकको स्वास्थ संस्था/इकाइमा सूचना गर्न समेत नगरपालिकाले भनेको छ ।

Related Articles

Back to top button