News

मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button