Tuesday, May 17

अमेरिकी सेना सहित भारतको लखनउबाट काठमाडौं छिर्यो सेनाको ठूलो जहाज

April 2, 2022 982

काठमाडौं :

कहिले बैंकक त कहिले बाङ्लादेश रुट पक्रने अमेरिकी सेनाको अर्को एउटा ठूलो चार्टर उडानका नाममा हिजो फेरि भारतको लखनउबाट काठमाडौं छिरेको छ ।

नेपाली र अमेरिकी सेनाबीच हिजोदेखि आगामी बैशाख १५ गतेसम्म संयुक्त रुपमा सञ्चालन हुने “एक्स ब्यालेन्स नेल” तालिममा सहभागी हुन नौ जना क्रु मेम्बर र केहि सैनिक अधिकारी बोकेको उक्त विमान दिउँसो पौने ३ बजे अवतरण गरेको हो ।

आरसीएच ०५० कल साइन भएको उक्त विमान ती सैनिकलाई छाडेर फर्केको छ । अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको हो । याे टोलीमा अमेरिकी सेनाका विभिन्न दर्ताका २२ सैनिक सहभागी छन् ।

ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सै न्य तालिम हो । केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए । नियमित प्रक्रिया भए पनि नेपाली सेनाले यसलाई योपालि सार्वजनिक भने गरेकाे छैन ।

तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १६ सम्म सञ्चालन हुनेछ । तालिममा सहभागी हुन अाएकाे अमेरिकी सेनाको टोलीले ह’ति’यार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन् ।

Comment