Saturday, May 21

फोन र म्यासेजको हैरानी पछि दीपक बोल्न बाध्य भए, माओवादी प्रवेश गरेको बास्ताविकता यस्तो !

April 2, 2022 449

‘दीपकराज गिरी माओवादीमा प्रवेश’ भन्ने शिर्षकमा बनेको समाचारले अर्का दीपकराज अर्थात फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले हैरानी व्यहोर्नु परेको छ । दिनै भर फोन र म्योसेज ननस्टप आए पछि हैरानी व्यहोर्नु परको हो ।

माओवादीमा प्रवेश भन्ने समाचारको हेडलाइन मात्र हेरेर धेरैले गिरीलाइ सम्पर्क गरेका थिए । सो कुराको हैरानी पछि दिपकले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै समाचारको हेडलाईमा मात्र पढेर म्यासेज नगर्न आग्रह गरेक छन् ।

गिरीले भनेका छन्, दीपकराज गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएका हैरान बनायो । म कहि गएको छ्रैन, म कुनै पार्टीको हैन सबै पार्टीको हुँ ।
हेर्नुहोस् उनको स्टाटसः

नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य समेत रहेका सिन्धुपाल्चोकका युवा नेता दीपकराज गिरी आज माओवादी केन्द्रमा प्रवेश थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा उनलाई पार्टी प्रवेश गराएका हुन् ।

सोही समाचारमा बनाइएको हेडलाइन कारण कलाकार तथा फिल्म निर्माताले हैरानी व्यहोर्नु परेको थियो । दीपकराज गिरी माओवादी प्रवेश भन्ने शब्दका कारण कलाकार तथा फिल्म निर्माता दीपकराज गिरी हैरानी व्यहोर्नु परेको थियो । सो कुराको खण्ड गर्दै आफु सबै पार्टीको हो र कुनै पार्टीमा प्रवेश नगरेको बताए ।

Comment