काठमाडौं उपत्यकामा थप १ जनामा कोरोना पुष्टि
![]() |
---|
|
![]() |
काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा आज ललितपुरकी १ महिलामा कोरोना पुष्टि भएको हो ।
उनको ठेगानाबारे भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएन । शनिबार काठमाडौं उपत्यकामा ५ जनामा कोरोना देखिएको थियो ।
देशभर सोमबार ४ सय ६३ मा कोरोना पुष्टि
नेपालमा आज ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४६३ जनामा कोरोना पोजिटिभ देखिएको छ । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
त्यस्तै आज १ सय ७९ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमा २ हजार ७ सय ५० पुरुष र २ सय ५५ महिला रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
![]() |
---|
|
![]() |