Video

हेटौडामा निस्कियो हजारौं महिलाको जुलुस, सुस्मिता घटनामा उठ्यो यस्तो शंका (भिडियो हेर्नुस्)

हेटौडा । हेटौडा भएको सुस्मिता थापाको निधनको घटनालाई लिएर अहिले सामाजिक सञ्जाल र समाचारमा निकै चर्चा भएको छ । विवाह गरेको केही महिनामै श्रीमान गुमाएकी २२ वर्षकी सुस्मिताको ह त्या भएको भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका छन् । सुस्मिताको उनकै ससुरा, नन्द लगायतले ज्यान लिएको भन्दै माइती पक्षले किटानी जाहेरी दिए पछि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

विवाह गरेको केही महिनामा श्रीमानको दुर्घटनामा परि निधन भएको थियो । उनले करिब एक करोड रुपैया बराबरको विमा गरेको र सोही रकमका कारण सुस्मिताको ज्यान लिइएको आशंका गरिएको छ । प्रहरीले ससुरा र नन्दलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । तर सुस्मिताको माइती पक्षले भने घटनामा अरुको पनि संलग्नता भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।

सोही घटनालाई लिएर लकडाउनकै बीच हेटौडामा महिलाहरुले प्रदर्शन गरेका छन् । सुस्मितालाई न्याय देउ भन्दै महिलाहरुको प्रर्दशन गरेका हुन् । उनीहरुले घटनामा अरुको पनि संलग्न भएको आरोप लगाउँदै अरुलाई पनि पक्राउ गर्नुपर्ने माग राखेका छन् । ठूलो संख्यामा निस्केको जुलुसले वजार परिक्रमा गरेर कोण सभा पनि गरेका छन् । सभामा उनीहरुले घटनालाई प्रभाव पार्ने खेल भएको भन्दै प्रहरीलाई खबरदारी गरेका छन् ।

ज्वाई गुमाएको ६ महिना पनि नहुँदै आफ्नी जवान छोरीलाई पनि गुमाउनु पर्दा सुस्मिताको माइती पक्ष विक्षिप्त बनेको छ । सुस्मिताकी आमालाई छोरीले न्याय पाउँदिन की भन्ने शंका छ । उनले हेटौडा पुगेर प्रहरी प्रमुख र जनप्रतिनिधिलाई पनि भेटेर घटनामा संलग्नलाई कुनै पनि हालतमा कारवाही हुनुपर्ने माग राखेकी छन् । उनले सो घटनामा प्रहरीलाई गहिरो अनुसन्धान गर्न भनेकी छन् ।

सुस्मिताको परिवारलाई न्याय दिलाउने पक्षमा जनमन जुटाउन हेटौंडामा महिलाहरुको प्रदर्शन भएको हो । कुनै पनि महिलाले यसरी अनाहकमा ज्यान गुमाउन पर्ने अवस्था नआओस् भन्दै महिलाहरुले दोषीलाई कडा कारवाहीको माग गरेका छन् । उनीहरुले यो घटनाका कारण आफ्नो जिल्लाको वेइज्जत भएको भन्दै दुख ब्यक्त गरेका छन् ।(भिडियो हेर्नुस्)

Related Articles

Back to top button
Close