News

कोरोनाको औषधि भन्दै गलत प्रचार गरेको आरोपमा बाबा रामदेव र आचार्य बालकृष्णलाई कारवाही !

काठमाडौं । कोरोना भाइरस संक्रमितका लागि प्रयोग गर्न सकिने दावी सहित पतंजलिले सार्वसनिक गरेको औषधिका कारण वावा रामदेव र आचार्य बालकृष्ण अप्ठेरोमा परेका छन् । कोरोनाको लागि भन्दै गत मंगलवार पतञ्जलीले औषधि सार्वजनिक गरेको थियो ।

सार्वजनिक भए लगत्तै आयुष मन्त्रालयले औषधि विक्रिवितरण र प्रचार प्रसारमा रोक लगाएको थियो । मन्त्रालयले प्रचार प्रसारमा लगाएको रोक पछि पतञ्जलीले औषधि कोरोनाका लागि उपचारमा सहयोगी हुने पुष्टि सहितको कागजपत्र मन्त्रालयमा बुझाएको दावी गरेका थिए ।

तर मन्त्रालयले उनीहरुको दावी अस्वीकार गरिदिएको छ । औषधि विक्रवितरण र उत्पादनको अधिकार दिने अधिकारीक निकायलेले नै पतञ्जलीको यो औषधि माथि प्रश्न उर्ठाको छ । कोरोनामा लाभकर हुने दावी सहित पतञ्जलीले कोरोनिल सार्वजनिक गरेको थियो ।

उत्तराखंडको आयुर्वेदिक विभागले दिव्य फार्मेसीलाई एक नोटिस पठाउँदै औषधिमा लगाइएको लेवलमा कोरोना भाइरसको उपचार भन्दै गलत प्रचार गरिएका कारण त्यो तत्काल हटाइयोस् । विभागले भनेको छ, सो औषधिमा प्रयोग गरिएको जडिवुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएपनि कोरोनाकै उपचारमा उपयोगी हुने पुष्टि हुन सक्दैन । त्यसैले कोरोनाको उपचारका लागि भन्दै लगाइएको लेवल गलत भएका कारण त्यो नहटाइए कारवाही समेत गर्न सकिने छ ।

कोरानाको किटका नाममा औषधि बेच्न कसैलाई पनि लाइसेन्स नदिएका कारण पतञ्जलीले गलत प्रचार गर्न नपाउने विभागको भनाई छ । त्यसैले कसैले पनि कोरोनाको उपचारमा उपयोग हुने दावी सहित लेवल नै लगाएर औषधि विक्रिवितरण गर्न पाइने छैन ।

आयुर्वेदिक विभागका अनुसार कोरोनिललाई रुखाखाकी, स्वासप्रस्वास सम्बन्धि रोगका विरामीका लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोग गर्न अनुमति दिइएको हो, तर कोरोनाका उपचारमा प्रयोग गर्न मञ्जुरी दिइएको छैन । पतञ्जलीले गत मंगलवार कोरोनाको भन्दै एक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीका बावा रामदेवले कोारोनिलले कोरोनाका विरामीको उपचारमा सय प्रतिशत काम गर्ने दावी गरेका थिए ।

Related Articles

Back to top button
Close