चिनियाँ सैनिकद्वारा भारतलाई लिपुलेक छोड्न दबाब, लिपु पास नजिकैको सैनिक क्याम्प हटाउन चे’तावनी
![]() |
---|
|
![]() |
एजेन्सी । नेपाली अ’तिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चे’तावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। नेपालको भूमि अति’क्रमण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेता’वनी दिइएको समाचार भारतीय पत्रिका अमर उजालाले लेखेको छ।
चिनियाँ सैनिकहरु केही दिनयता भारतले अ’तिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा क्षेत्रमा आएर चिनियाँ झण्डा फहराइरहेका छन्। झण्डामा चिनियाँ भाषामा लेखेर लिपुलेक सीमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प हटाउन चे तावनी दिइरहेको बताइएको छ।
नेपाली भूमि अ’तिक्रमण गरेर ढुक्कसँग वर्षौँदेखि बस्दै आइरहेका भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले चेतावनी दिएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिकाले समाचारमा लेखेको छ।
लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच तनाव चलिरहेकै बेला लिपुलेकमा पनि चिनियाँ सेनाले भारतीय सेनालाई हट्न चे’तावनी दिएपछि भारतीय सेना तरंगित भएको समाचारमा उल्लेख छ।
सिमा क्षेत्रमा भारतले तै’नाथ गर्याे वायु रक्षा मि’साइल
भारतद्वारा चीनको मनोबल कम गर्न सीमामा वायु रक्षा मिसाइल तै’नाथ गरेको छ। भारतको वास्तविक नि’यन्त्रण रेखा अर्थात् (एलएसी) मा चीनको दबदबालाई कम गर्न र चाहिएको खण्डमा उप’युक्त ज’वाफ दिन वायु रक्षा मिसाइल प्रणाली खडा गरेको हो। भारतीय सेना र वायुसेनाले पूर्वी लद्दाखमा चिनियाँ ल’डाकू जेट विमान र हेलिकप्टरको गतिविधि रोक्न हवाइ रक्षा मिसाइल राखेको हो।
भारतीय सं’चारमाध्यम आजतककाअनुसार चिनियाँ सेनाको कुनै पनि दु’स्साहसका लागि उचित जवाफ दिन भारतीय सेना तयार रहेको र चिनियाँ सेनाको गतिविधिलाई ध्यानमा राख्दै आकाशमा एयर डि’फेन्स मिसा’इल प्रणालीलगायत अन्य मिसाइल प्रणाली राखेको जनाएको छ ।
यी मि’साइल प्रणालीहरू एलएसीमा दौलत बेग ओल्डिदेखि पूर्वी लद्दाखको दक्षिणी भागमा राखिएका छन्। मे को पहिलो हप्तादेखि चिनियाँ हेलिकप्टर र ल’डाकू विमानहरू भारतीय सीमा क्षेत्रमा उडान गरिरहेका कारण उक्त निर्णय लिएको हो।
![]() |
---|
|
![]() |
जुन १५ मा लद्दाखको गल्भावन उपत्यका भएको हिं’सात्मक झ’डपका कारण चीनले आफ्नो ल’डाकु विमानको सिमानामा मजबुत बनाएसँगै भारतलेपनि चीनलाई पाठ सिकाउन सीमानामा हवाई रक्षा मि’साइल प्रणाली खडा गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।